देशभर वषा हुने, शर्तक रहन आग्रह

Prabhu Bank

काठमाडौं। देशभर अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा वर्षा हुने जनाएको छ । केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

Saftey Pads

अविरल वर्षाले नारायण नदीको पश्चिमतर्फ डुबानहरु भइरहेको छ । बाँकेमा भारी वर्षाले डुबान भएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण दुई वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

यसैगरी, देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औल्याइएको छ । अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

२५ असारको विहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

Maruti Cement