एसिया कपमा स्थान बनाएको नेपाली टोली आज स्वदेश फर्किंदै

Prabhu Bank

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै एसिया कपमा स्थान बनाएको नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किंदै छ ।

Saftey Pads

हङकङमाथि ६ विकेटको जितसँगै नेपालले उपाधि जितेको थियो । उपाधिसँगै श्रीलंकामा हुने एसिया कपमा स्थान बनाएको टोली आज स्वदेश फर्किन लागेको हो ।

बेलुका ९ बजे टोली काठमाडौं आइपुग्ने बताइएको छ । कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने मलेशियामै रहेको सिनियर टोलीमा सहभागि हुने छन् । रोहित र पवन एसिया छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा सामेल छन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: शीर्ष स्थानमा रहेका मुम्बई र बेंग्लोर भिड्दै
Maruti Cement