गृहमन्त्रीलाई सांसदको प्रश्नः भोजपुर भिडन्तको वास्तविकता के हो?

Prabhu Bank

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा भोजपुरमा भएको भिडन्त र मृत्युको विषय उठेको छ।

Saftey Pads

कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्।

उनले प्रश्न गरिन्, ’यो संवेदनशील विषय हो। सुरक्षा व्यवस्था के भइरहेको छ? भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो?’

समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाललगायत सुरक्षा अधिकारीको उपस्थिति छ। समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ
Maruti Cement