श्रीमान विरुद्ध शिल्पाको उजुरी, छबी ओझाको चौथो सम्बन्ध पनि टिकेन

Prabhu Bank

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझा विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । पोखरेलले आफु श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी काठमाडौं प्रहरी परिसरमा ३ दिन अगाडि उजुरी दिएकी हुन्।

Saftey Pads

उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बोलेका पनि थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार परिसर बोलाएको प्रहरीले जनाएको छ।

Maruti Cement