जाजरकोटमा भतिजाले गरे आफ्नै काकाको हत्या

Prabhu Bank

काठमाण्डौ । जाजरकोटमा भतिजाले चिर्पट प्रहार गरेर काकाको हत्या गरेका छन्। भेरी नगरपालिका–१३ कुदुमा स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

Saftey Pads

गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा भतिजा मानबहादुरले काकामाथि चिर्पट प्रहार गरेको प्रहरीको भनाइ छ ।

मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाका आरोपित मानबहादुरको पनि टाउकोमा चोट लागेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा
Maruti Cement