भोजपुर घटनाः ‘तेरोजस्तो पेस्तोल मेरो पनि छ’ भनेछन् रे !

Prabhu Bank

काठमाडौं । बुधबार बिहान भोजपुर नगरपालिकामा घटेको घटनालाई लिएर हामीले घटना घटेको वडा वडा नं ७ का वडाअध्यक्ष जय बहादुर तामाङसँग ‘प्रशान्त’को बारेमा सोधेका थियौं ।

Saftey Pads

उनले हामीलाई दिएको यो जवाफ जस्ताको त्यस्तै…

‘प्रशान्त’को श्रीमती मेरै वडामा विगत २/३ वर्षदेखि डेरा गरेर बस्थिन् । ‘प्रशान्त’ श्रीमती भेट्न आइरहन्थे । २ दिनअगाडि मात्रै हाम्रो पनि बाटोमा भेट भएको थियो ।

उनको वास्तविक नाम नीरकुमार रहेछ । त्यो पनि आजको घटनापछि मात्रै थाहा भयो ।

उनी षडानन्द नगरपालिका बासीन्दा हुन् । उनी विगत २ वर्षदेखि भूमिगत शैलीमा बाँच्दै आएका रहेछन् ।

उनी हिजो बेलुका आफ्नो कार्यकर्तासँग यता आएका थिए क्यार । नीरकुमार यता आइरहन्थे रे, श्रीमती यता भएर होला ।

उनी विप्लव समूहको ओखलढुङ्गा इञ्चार्ज रहेछन् ।

मलाई जानकारी भएअनुसार नीरकुमारलाई पनि मलाई प्रहरीले खोज्दै छ भन्ने कुरा थाहा थियो रे ।

त्यही क्रममा प्रहरी सञ्जीव र नीरकुमारबीच जम्काभेट भएछ । सञ्जीवसँग अर्का साधा पोशाकमा एक प्रहरी पनि रहेछन् रे ।

त्यसपछि पूर्व चिनजान भएका उनीहरु एक आपसमा भनाभन सुरु भएछ ।

विवाद बढ्दै गएपछि सञ्जीवले नीरकुमारलाई होटलभित्र तान्दै लगेर ‘तेरोजस्तो तेस्तोल मेरो पनि छ’ भनेछन् रे ।

त्यसपछि थोरै उता गएर कार्यालयबाट थप सहयोगको लागि केही जवानहरु पठाउनु भनेर फोन गरेछन् रे ।

त्यसपछि नीरकुमारले सञ्जीवलाई त्यहीँ नै तत्काल गोली हानेछन् । सञ्जीव त्यहीँ लडेछन् ।

त्यसपछि सञ्जीवसँगैं साधा पोशाकमा आएका अर्का प्रहरी खेमनाथ भट्टराईको जवाफी फायरबाट नीरकुमार पनि ढलेछन् ।

घटनाको बेलामा म त एउटा कार्यक्रममा सहभागी थिएँ ।

अन्य सम्बन्धित समाचार:  अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री शाहीद्वारा अधिवेशन अन्त्यको सिफारिस
Maruti Cement