दक्ष जनशक्ति उत्पादन गर्नुस्ः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माण गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

Saftey Pads

विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन शैक्षिक कार्यक्रम ल्याउन आह्वान गरेका हुन्।

त्रिविका कुलपतिसमेत रहेका उनले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३०० भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

अन्य सम्बन्धित समाचार:  शुक्रबार फूलपाती भित्र्याइँदै
Maruti Cement