प्रतिनिधिसभामा विपक्षी सांसदको नाराबाजी, आज पनि बैठक स्थगित

Prabhu Bank

काठमाडौँ । प्रनिनिधिसभाको बुधबार विपक्षी सांसदहरुले नाराबाजी गरेपछि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका हुन् ।

Saftey Pads

सभामुख महराले नयाँ कुरा सुनाउने भन्दै बस्न आग्रह गरे तर विपक्षी सांसदहरुले माननेन् । विपक्षीको विरोधका बावजुत सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गर्न पुगे ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विभिन्न विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन अनुमति दिए ।

सचिव योगीले उक्त सन्देश सुनाइसकेपछि सभामुख महराले अर्काे बैठक असार ३० गते दिउँसो १ बजे बस्ने भन्दै आजको बैठक स्थगित भएको घोषणा गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने
Maruti Cement