वर्षकै सर्वाधिक वर्षा, विराटनगर, नेपालगञ्ज र बाँके डुबानमा

Prabhu Bank

काठमाण्डौ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश स्थान डुबानमा परेको छ। सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा दुई दिनसम्म परेको वर्षाले दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको हो।

Saftey Pads

विराटनगर–१५, १४, ७ नम्बर वडा तथा कोशी अञ्चल अस्पताल, भित्री सडकहरू डुबानमा परेका छन्। यस्तै हाइवेभन्दा मुनिका सबै सडकको दायाँ बायाँका भित्री सडक तथा पसल डुबानमा परेको स्थानीयले बताएका छन्।

विराटनगर ७ मा रहेको शनिमन्दिरको बिजुली बजार लाइन पूरै डुबानमा परेको छ। चिया पसल, इलेक्ट्रोनिक पसल तथा शैलुन, काठ मिललगायतका स्थानमा पानीको ताल बनेको छ। दिउँसो पानी केही घटेको भए पनि बुधबार २ फिटसम्म पानी जमेको सोही ठाउँका स्थानीय रन्जितकुमार गुप्ताको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलामय भएका छन् । ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।

यस्तै बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पुर्याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए ।

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…

 

Maruti Cement