अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

Prabhu Bank

काठमाण्डौ । अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृर्गौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।

Saftey Pads

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्स्स्थित अस्पतालमा भर्ना गरिएको थियो। अर्जे्न्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ठ राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वराष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो। गत वर्ष पनि मुटुमा समस्या भएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो।

पूर्वराष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जे्न्टिनाको राष्ट्रपति भएका थिए। (एजेन्सी)

अन्य सम्बन्धित समाचार:  तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ: संयुक्त राष्ट्रसंघीय अधिकारी
Maruti Cement