कैलालीमा एक महिलाले गरिन् श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या

Prabhu Bank

काठमाण्डौ । कैलालीमा श्रीमानसँग मिलेर एकजना महिलाले पूर्वप्रेमीको हत्या गरेकी छन् । चुरे गाउँपालिका ६, मड भन्ने ठाउँमा मजदूरी गर्ने गुल्मी जिल्लाका अन्दाजी ४० वर्षीय कमल कुँवरको आइतबार हत्या भएको भएपनि घटनाबारे बुधबार मात्र थाहा भएको हो ।

Saftey Pads

उनको शव गाडेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । कुँवरको हत्या सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामाले गरेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । कुँवर कल्पनाका पूर्वप्रेमी रहेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको छ ।

कुँवर आफ्नी श्रीमती कल्पनाको पूर्वप्रेमी रहेको लालबहादुर थाहा पाएपछि दुबैले सल्लाह गरेर कुँवरको हत्या गरेको कल्पना र लालबहादुरले प्रहरीलाई बताएका छन् । गत आइतबार असार २२ गते कल्पना र लालबहादुरले कुँवरको हत्या गरी नजिकैको सिमसेला खोला किनारामा गाडेका थिए ।

अन्य सम्बन्धित समाचार:  खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

उनको शव उत्खनन गरी पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।

कल्पना र लालबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । प्रारम्भीक चरणमा दुबैले सल्लाह गरी आफूले घटना घटाएको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

Maruti Cement