गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

Prabhu Bank

काठमाण्डौ । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । दुई वर्षअघि बजारमा आएको कपडाको ब्राण्ड डीएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेस्डरको घोषणा गरेको हो ।

Saftey Pads

एक वर्षका लागि एम्बेस्डरको रुपमा डीएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्ना लागि यो ठूलो सफलता भएको बताए ।
सम्झौतापछि डीएनएका तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गर्दै पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउनुभयो ।

कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिति रहेको थियो । गायक सपूत पछिल्लो समय सार्वजनिक भएको ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् ।

उनको यो गीत केही समय भाका मिलेको भन्ने विवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वा्धिक रुचाइएका गीत हुन् जसका यूट्यूबमा करोड बढी भ्युज छन् ।

Maruti Cement