लगातारको वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबानमा

Prabhu Bank

काठमाडौं । लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँहरू जलमग्न बनेका छन् ।

Saftey Pads

कत्तिपय क्षेत्रहरु डुबानमा समेत परेको बताइएको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत जलमग्न भएको छ ।

त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अवस्था आइपरेको अस्पतालले जनाएको छ ।

विराटनजरमा विगत ४ दिनदेखि वर्षा भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement