अमेरिकाका लागि बेलायती राजदूत ड्यारोकले दिए राजीनामा

Prabhu Bank

काठमाडौं । अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोकले राजीनामा दिएका छन्  ।

Saftey Pads

आफ्नो ईमेल चुहावटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तिक्तता बढकोले उनले राजीनामा दिएको बुझिएको छ ।

सर किमले ट्रम्पलाई अयोग्य र असफल भएको टिप्पणी गरेको सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘सम्बन्ध सुधार र बेलायती चासोबारे पटकपटक बुझाउने प्रयास गरे पनि सफल हुन सकिनँ’ उनले राजीनामा पत्रमा लेखेका छन, ‘मैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भवजस्तै भएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु ।’

अन्य सम्बन्धित समाचार:  चीन: एक लक्षणरहित संक्रमित भेटिए, ४७ लाखको परीक्षण गरिँदै

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वासमा पनि आफूले राजीनामा दिएको बताए ।

Maruti Cement