प्रधानमन्त्री ओलीले भने, ‘भारतीय पत्रबारे मलाई गुमराहमा राखियो’

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई गुमराहमा राखिएको बताएका छन् ।

Saftey Pads

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्र आएपनि आफूलाई जानकारीमा नआएको तर्क गरे ।

“पत्र आएको रहेछ । मलाई थाहा भएन । जनता सामु मलाई झुटो बनाइयो ।” प्रधानमन्त्री ओलीले भने । पत्र धेरै दिन अघि नै आएको रहेछ । म लज्जित हुनुपर्ने अवस्था आयो ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement