कोपा अमेरिकामा पराजय भोगेको मेस्सीलाई अवार्ड

Prabhu Bank

काठमाडौं । हालै सम्पन्न कोपा अमेरिकामा पराजय भोगेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अवार्ड हात पारेका छन् ।

Saftey Pads

गत सिजनको प्रदर्शनको आधारमा मेस्सीले इएसपीवाइ बेस्ट इन्टरनेशनल फुटबल प्लेयर अवार्ड पाएका हुन् ।

यो पुरस्कार चर्चित सञ्चार संस्था ‘इएसपिएन’ले वर्षेनी प्रदान गर्ने गर्दछ । बुधबार सो संस्थाले पुरुष फुटबलतर्फको उत्कृष्ट खेलाडीको पुरस्कार ३२ वर्षीय मेस्सीलाई दिने घोषणा गरेको हो ।

यो पुरस्कार हरेक वर्ष फुटबल विधाबाट वर्षकै सर्वोत्कृष्ट खेलाडीलाई दिइन्छ ।

यो पुरस्कार सन् १९९३ बाटै प्रदान गरिँदै आएको छ ।

 

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी
Maruti Cement