फ्रान्समा कुखुराको भालेविरुद्ध मुद्दा, ५ सेप्टेम्बरमा सुनुवाइ हुने

Prabhu Bank

काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कुखुराको भालेविरुद्ध अदालतमा मुद्दा परेको छ ।

Saftey Pads

कुखुरी काँ…गर्दै कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । तर फ्रान्समा एउटा कुखुराको भालेले बासेकै आरोपमा अदालतमा मुद्दाको सामना गर्नुपरेको छ ।

मोरिस नामको उक्त भालेलाई हरेक बिहान उठेर जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोप लगाइएको छ ।

फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।

सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरूले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरूले कुखुरा बासेर आफूहरूलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।

अन्य सम्बन्धित समाचार:  कम्प्युटर प्रोसेसर उत्पादक कम्पनी एएमडीले जिलिङ्क्स किन्दै

मुद्दाको आगामी सेप्टेम्बरको ५ तारेखमा सुनुवाइ हुने र सोही दिन फैसला आउने अपेक्षा गरिएको छ ।

Maruti Cement