बससँगैं शारदा नहरमा खसेका ३२ नेपालीको सफल उद्धार

Prabhu Bank

काठमाडौं । भारतको उत्तर प्रदेश शिमलामा भएको बस दुर्घटनामा परेका ३२ नेपालीको जीवितै उद्धार गरिएको छ ।

Saftey Pads

भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बससँगैं खसेका ३२ नेपाली र एक भारतीय नागरिकको जीवितै उद्धार गरिएको भारतीय संचार ‘टाइम्स अफ इंडिया’ले जनाएको छ ।

भारतको शिमलाबाट नेपालको दाङका लागि छुटेको नेपाली बस बुधबार बिहान करिब ५ बजे शारदा नहरमा खसेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा घटना घटेको हो ।

टाइम्स अफ इंडियाका अनुसार घटना लगत्तै प्रहरी घटनास्थलमा पुगरे दुर्घटनामा परेका ३२ नेपाली र एक भारतीय यात्रुको उद्धार गरेका थिए ।

साथै नहरमा खसेको बसलाई दुई ओटा क्रेनको सहायताबाट बाहिर निकालिएको थियो ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरी लकडाउन
Maruti Cement