छविराज ओझा र शिल्पा पोखरेलबीच जुट्यो सहमति

काठमाडौं । चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच बिहीबार सहमति भएको छ ।

छविले कुटपिट गरेपछि शिल्पाले केही दिनअघि घरमा शान्ति–सुरक्षाको माग गर्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएकी थिइन् ।

सो विषयमा दुई पक्षबीच बिहीबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षाको ग्यारेन्टी गर्दै छविले लिखित सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी