सर्लाही घटनाको मृतकका परिवारले १० लाख क्षतिपूर्ति पाउने

काठमाडौं । सर्लाही घटनाको मृतकका परिवारलाई सरकारले क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ दिने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

बाँस्कोटाले सो घटनाका घाइतेहरूको उपचार सरकारले गर्नेसमेत जानकारी दिए ।

तपाईंको प्रतिक्रिया/टिप्पणी