१४ वर्षीया छोरीलाई बलात्कार गर्दै भिडियो बनाउने बाबु प्रहरीको फन्दामा

Prabhu Bank

काठमाडौं । कञ्चनपुरमा आफ्नै बाबुबाट १४ वर्षीया छोरी बलात्कृत भएकी छिन् ।

Saftey Pads

कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गर्दै भिडियो बनाएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले नेपाली पत्रिकालाई बताए ।

छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि बाबुको कर्तुत सार्वजनिक भएको हो । मङ्गलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूहरुले थाहा पाएको आमाको भनाइ छ ।

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई बुधबार राति नै नियन्त्रणमा लिइसकिएको कञ्चनपुरका प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले नेपाली पत्रिकालाई जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक थापाले बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’
Maruti Cement