सरकारविरुद्धको नाराजुलुस नेविसङ्घले जारी राख्ने

Prabhu Bank

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ(नेविसङ्घ)का नेताहरूले भारतका सामु सरकारले घुँडा टेकेर विषादी परीक्षण रोकेको आरोप लगाउँदै विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी तथा फलफूल आयात गर्न माग गरेका छन् ।

Saftey Pads

उनीहरुले बिहीबार मसाल जुलुस निकाल्दै विषादीयुक्त तरकारी तथा फलफूत भित्रिन नहुने माग राखेका हुन् ।

जुलुसका क्रममा केही विद्यार्थी नेताहरु घाइते भएका छन् भने,  १८ नेताहरु पक्राउ परेका छन् । विद्यार्थी नेताहरू पवन थापा, विजय ढुंगाना, अमृत लामिछाने, प्रदीपजंग शाह घाइते भएको नेविसंघले जनाएको छ ।

महामन्त्रीद्वारा विज्ञप्ति जारीः

नेपाल विद्यार्थी सङ्घ(नेविसङ्घ)का निमित्त महामन्त्री कुन्दनराज काफ्लेले एक प्रेस विज्ञप्ति निकाल्दै विद्यार्थी नेताहरूको रिहाइको माग गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री शाहीद्वारा अधिवेशन अन्त्यको सिफारिस

उनले मसाल जुलुसको क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहाइ हुनुपर्ने विज्ञप्तिमार्फत बताएका छन् ।

शुक्रबार पनि विरोधः

यस्तै शुक्रबार पनि नेपाल विद्यार्थी सङ्घ(नेविसङ्घ)ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेविसंघले बिहान ११ बजेदेखि विरोध सभाको तयारी गरेको छ ।

Maruti Cement