लगातारको वर्षाका कारण देशका मुख्य ४ सडकखण्ड अवरुद्ध

Prabhu Bank

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरू अवरुद्ध भएका छन् ।

Saftey Pads

विपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ । गृह मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन् ।

काभ्रेको रोसी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको जानकारी आएको छ ।

गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गा र वडा नम्बर ७ मा रोसी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ । लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ । भोजपुर धरान सडकखण्ड पनि अवरुद्ध भएको छ ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ

राससका अनुसार मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताइएको छ ।

उच्च सतर्कता अपनाउन आग्रहः

भारी वर्षाको कारण प्रदेश १, २, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप वर्षा हुने क्रम जारी रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यता मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण सक्रिय भई देशभर पूर्ण बदली भई पानी परिरहेको जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार देशका अधिकांश स्थानहरूमा वर्षा हुनेछ । केही स्थानहरूमा भारी वर्षा हुने र थोरै स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर

साथै उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

 

Maruti Cement