सोलुबाट प्रधानमन्त्रीलाई अर्गानिक ‘सिस्नु’ उपहार

Prabhu Bank

काठमाडौं । सोलुखुम्बुबाट नेपाल तरुण दल र नेविसंघले बिहीबार संयुक्त रुपमा प्रधानमन्त्रीलाई अर्गानिक सिस्नु उपहार पठाएका छन् ।

Saftey Pads

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण निर्णय फिर्ता लिएको विरोधमा दबाबस्वरुप नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्लाबाट अर्गानिक सिस्नु उपहारको रुपमा प्रधानमन्त्रीलाई पठाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरमार्फत आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गर्नका लागि दबाबमूलक ज्ञापन पत्र सहित प्रधानमन्त्रीलाई सिस्नु पठाएको सोलुखुम्बुबाट नेविसंघले जानकारी दिएको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ: डा. रविन्द्र पाण्डे
Maruti Cement