नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ।

Saftey Pads

श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिन कोलम्बो पुगेका नेता नेपालले बिहीबार प्रधानमन्त्री विक्रमासिंहे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटवार्ता गरेका हुन्।

भेटमामा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धबारे चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

अन्य सम्बन्धित समाचार:  आज महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिँदै
Maruti Cement