उदयपुरको बरुवा नदीको बाँध भत्कन थाल्यो, गाईघाटलगायतका क्षेत्र जोखिममा

Prabhu Bank

उदयपुर । अबिरल वर्षाका कारण उदयपुरको बरुवा नदीको बाँध भत्कन थालेको छ ।

Saftey Pads

बहाव बढ्दै जाँदो त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको नदीको बहावले पुराना बाँधको ढुङ्गा खस्न थालेपछि बाँध भत्कन थालेको हो । बाँध भत्कन थालेपछि गाईघाट बजार, शिवालयटोल र साकेलाटोल क्षेत्र जोखिममा परेका छन् ।

बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका स्थानीयवासी कनक कार्कीले बताए ।

नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

अन्य सम्बन्धित समाचार:  जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
Maruti Cement