रामेछापमा पहिरोले पुरेर १ जनाको मृत्यु, एक घाइते

Prabhu Bank

काठमाण्डौ । पहिरोले पुरेर रामेछापमा १ महिलाको ज्यान गएको छ । अर्का १ जना घाइते छन् ।

Saftey Pads

अविरल वर्षासँगै शुक्रबार बिहान खसेको पहिरोले पुरेर रामेछाप नगरपालिका–५, रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको हो ।

घर नजिकै रहेको गोठमा घाँस हाल्न गएकी पदमकुमारीसँगै अर्का ४५ वर्षीय असली सुनुवारलाई पनि बगाएको थियो ।

असलीको भने ज्यान जोगिएको छ । उनी घाइते रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement