बाढीले प्रदेश–१ मा दुईजना बगायो

Prabhu Bank

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले प्रदेश १ मा दुईजनालाई बगाएको छ।

Saftey Pads

इटहरीमा स्थानीय सुकुमारी खोलाले बगाएर उदयपुरका अन्दाजी ३५ वर्षिय सागर थापाको मृत्यु भएको छ भने मोरङ्गको कानेपोखरीमा गेउरिया खोलाले अन्दाजी ३५ वर्षका एक पुरुषलाई बगाएको हो ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहे पनि पत्ता नलागेको प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालले बताए ।

यसैगरी मोरङ्ग जिल्लाको मावा खोलाले सुमित्रामाया कुमाल नामकी एक महिलालाई बगाएकोमा उनको जीवितै उद्धार भएको छ । उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर फिर्ता गरिएको छ

अन्य सम्बन्धित समाचार:  डोल्पा: त्रिपुराकोटमा दसैँको जमरा टीका लगाउने आफ्नै साइत
Maruti Cement