यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो, उडान अवरुद्ध

Prabhu Bank

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ।

Saftey Pads

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
Maruti Cement