सिहंदरबारको पूर्वी पर्खाल भत्कियो, एकजना घाइते

Prabhu Bank

काठमाडौं । लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एकजना घाइते भएका छन् ।

Saftey Pads

पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको महानगरिय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीले बताए।

केही समयका लागि पर्खाल भत्किँदा यातायत प्रभावित भएपनि अहिले सबै सहज रुपमा सुचारु अवस्थामा रहेको डिएसपी बुढाथोकीले बताए ।

अन्य सम्बन्धित समाचार:  चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत सकियाे
Maruti Cement