पहिरोले घर भत्किँदा काभ्रेमा एकै परिवारका २ को मृत्यु, ३ जना घाइते

Prabhu Bank

काठमाडौं । अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ।

Saftey Pads

बनेपा नगरपालिका ३ नालामा स्थानीय ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो।

उनीहरु हजुरआमा नातिनी हुन्। घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए।
घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement