मन्त्री पण्डितलाई देखाइयो कालो झन्डा

Prabhu Bank

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कालो झन्डा देखाइएको छ।

Saftey Pads

आदिवासी जनजाति युवा महासंघले शुक्रबार मन्त्री पण्डितलाई ललितपुरस्थित एक कार्यक्रममा नाराबाजी गर्दै कालो झन्डा देखाएका हुन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ललितपुरमा भएको कार्यक्रममा बोलेर सकेपछि मन्त्री पण्डितलाई कालो झन्डा देखाइएको हो।

मन्त्री पण्डित राजीनामा र लोक सेवाको विज्ञापन फिर्ता गर भन्दै कार्यक्रम हलभित्रै नाराबाजी भएको थियो।

आयोजक नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आरक्षणविरूद्ध मन्त्रीले नकरात्मक अभिव्यक्ति दिएपछि विरोध गरेको बताए।

अन्य सम्बन्धित समाचार:  क्लिन फीड तुरुन्तै लागू हुन्छ: सञ्चारमन्त्री गुरुङ
Maruti Cement