सुर्खेतका जिल्ला वन प्रमुख घुस रकमसहित पक्राउ

Prabhu Bank

काठमाण्डौ । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) घुस रकमसहित पक्राउ परेका छन्।

Saftey Pads

जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

अन्य सम्बन्धित समाचार:  हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द
Maruti Cement