सहकर्मीलाई जातीय गालीगलोज गर्ने ५ महिला पक्राउ

Prabhu Bank

काठमाण्डौ । आफ्नै सहकर्मीलाई फेसबुक च्याटमा जातीय गालीगलोज गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

पोखराको फेवा सिटी अस्पतालकी नर्स शान्ति परियारलाई जातीय विभेदजन्य एवं अश्लील शब्द प्रयोग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा फेवा सिटीमै कार्यरत नर्स पोखरा जाल्पारोडकी सुष्मा थापा, हेमजाकी सुस्मिता कुँवर, नयाँगाउँकी निर्मला थापा, सिमाना मल्ल र सुष्मा गुरुङ छन्।

परियारको जाहेरीको आधारमा उनीहरुलाई असार २२ मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए। उनीहरुलार्ई जातीय विभेदको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ। उजुरी गरिएका ६ मध्ये इशा पुन देशबाहिर छिन् ।

गत जेठ दोस्रो साता अस्पतालका ७ नर्सले बन्द गु्रप च्याटमा शान्तिलाई जातीय विभेदजन्य गाली गरेको आरोप छ। उनी समावेश नरहेको उक्त ग्रुप च्याटमा उनीमाथि अश्लिल शब्द प्रयोग गरेर गाली गरिएको थियो । गु्रपमै रहेकी एक सदस्यले उक्त च्याट शान्तिसम्म पुर्याएकी थिइन् ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, एघार जना घाइते

शान्तिले च्याटबारे अस्पताल प्रशासनलाई खबर गरे पनि माफि माग्ने बाहेक कुनै विभागीय कारबाही नगरेपछि कानुनको सहारा लिनुपरेको बताइन् । उनले असार १२ मा ६ जना विरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरी दिएको १० दिनपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

Maruti Cement