सिद्धिचरण राजमार्ग अवरुद्ध, भँडारे खोलामा बाढी, सयौं सवारीसाधन अलपत्र

Prabhu Bank

ओखलढुंगा । लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध बनेको छ ।

Saftey Pads

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।

सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने मानेभन्ज्याङ गाउँपालिका ६ स्थित भँडारे खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको छ । ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने र आउने यात्रु बिच बाटो मै अलपत्र परेका छन् ।

काठमाण्डौबाट आउने सवारीसाधन उदयपुरको घुर्मी बजारमा रोकिएका छन् भने काठमाडौं जाने सवारीसाधन मानेभन्ज्याङ गाउँपालिका ६ भँडारे स्थित सडकमा रोकिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण एउटा बस खोलामा फसेपछि ओखलढुंगाबाट प्रहरी प्रमुख पुष्पराज मल्लाको नेतृत्वमा उद्धार टोली त्यहाँ पुगेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement