पहिरोले घर पुरिँदा खोटाङमा आमा र दुई नाबालक छोरा बेपत्ता

Prabhu Bank

खोटाङ । पहिरोले घर पुरिँदा खोटाङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन्।

Saftey Pads

वर्षापछि आएको पहिरोका कारण खोटेहाङ गाउँपालिका २ वाप्लुखा बाघपच्याङका विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन्।

शुक्रबार बिहान झण्डै तीन चार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताए। पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ।

बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताए।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement