झरीमा रुझ्दै नेविसंघको प्रदर्शन जारी

Prabhu Bank

काठमाडौं । सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

Saftey Pads

केही समययता देखी प्रदर्शनमा उत्रिएको संघले झरीमा पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो।

यसअघि नेविसंघले तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको छ ।

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ
Maruti Cement