लगातारको झरी, जलमग्न राजधानी

Prabhu Bank

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण राजधानी काठमाडौंका विभिन्न स्थान जलमग्न भएका हुन् ।

Saftey Pads

लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् ।

विशेष गरी प्रदेश १, २ र ३ मा लगातारको झरीले क्षति र्पुयाउन थालेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातारको झरीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । पानीको निकास राम्रोसँग नभएपछि राजधानीका सडकहरु जलमग्न भएका छन् ।

सवारी साधन गुडाउन अप्ठ्यारो भएको छ भने पैदल यात्रुहरुलाई पनि सास्ती भएको छ । सडकमा पैदलयात्री तथा सवारी साधनहरु कम देखिएका छन्। कतिपय स्थानमा सवारी साधनहरु पानीमा अड्किएका छन्। नदीहरुमा पनि पानीको बहाव बढेको छ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement