सरकारविरुद्ध कांग्रेस र राजपा मोर्चाबन्दीमा, सशक्त प्रतिवाद गर्ने

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच कार्यगत एकताको सहमति भएको छ।

Saftey Pads

कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका नेताहरु महन्थ ठाकुर, अनिल झा र राजकिशोर यादवबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।

सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैयाविरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरी अलिखित सहमति भएको छ।

कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो। खाँण र पाण्डेले प्रारम्भमा राजपाका अध्यक्ष मण्डल मध्येका अनिल झासँग सरकारको विरुद्धमा कार्यगत एकता गर्ने विषयमा वार्ता गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement