बौद्धमा जापानी नागरिकको दुई लाख रुपैयाँ लुटियो

Prabhu Bank

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा जापानी नागरिक लुटिएका छन्।

Saftey Pads

तीनचुलीमा डेरा गरी बस्दै आएका ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको शुक्रबार दुई लाख रुपैयाँ लुटपाट भएको हो।

अपरिचित समूहले उनको डेराभित्र पसी धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । प्रहरीले फरार लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement