पर्खाल भत्किँदा काठमाडौंमा तीनजनाको मृत्यु

Prabhu Bank

काठमाडौं । काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ।

Saftey Pads

लपानी बाबाचोकमा पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको हो।

बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खसेको महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दले बताए।

उनीहरु सबै एकै परिवारका भएको र मजदुरी गर्दै गुजारा गर्दै आएका थिए ।

अन्य सम्बन्धित समाचार:  जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
Maruti Cement