बाढी र पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाले आएको बाढी र पहिरोको प्रकोप प्रति दुख व्यक्त गरेका छन्।

Saftey Pads

शुक्रबार सामाजिक संजाल ट्विटरमा प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट ज्यान गुमाउने प्रति श्रदाञ्जली तथा परिवार प्रति गहिरो समवेदना लेखेका हुन्।

प्रधानमन्त्री ओलीले ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन्। बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उनले ट्विटरमा लेखेका छन्।

सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले बाढीबाट ४०० परिवार प्रभावित भएका पनि जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Maruti Cement