फिफा वरीयतामा नेपाली महिला टोलीको दुई स्थान सुधार

Prabhu Bank

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । शुक्रबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

Saftey Pads

नयाँ वरीयता अनुसार नेपाल १०१ औँ स्थानमा छ । फिफाले सार्वजनिक गरेको अघिल्लो महिनाको वरीयतामा नेपाल १०३ औं स्थानमा रहेको थियो ।

अघिल्लो महिना पाँच स्थान सुधार गरेको नेपालले यो महिना दुई स्थान सुधार गरेको हो ।

वरीयतामा विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इंग्ल्यान्डले पाँचौ स्थान ओगट्न सफल भएका छन् । एसियाको वरीयतामा नेपाल २१ औं स्थानमा छ । नेपाल अघि भारत ५७ औं स्थानमा छ ।

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल
Maruti Cement