अझै दुई दिन उच्च सतर्कता अपनाउन आग्रह

Prabhu Bank

काठमाण्डौ । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

Saftey Pads

विभागले आज दिउँसो विज्ञप्ती जारी गरी मौसम र बाढीको जानकारी आवस्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ।

विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यहि समयमा मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी तर तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।

वर्षाका कारण वाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन्। गृह मन्त्रालयले दिउँसो जारी गरेको सूचना अनुसार वर्षाका कारण गएको बाढी पहिरोले देशभर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ९ जना बाढी र पहिरोमा परेर बेपत्ता भएको सूचना प्राप्त भएको छ ।

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…

Maruti Cement