साझाको ‘मास्क र्याली’ स्थगित, बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न मिश्रको आह्वान

Prabhu Bank

काठमाण्डौं।
साझा पार्टीले शनिबार राजधानीमा गर्ने भनिएको मास्क र्याली स्थगित गरेको छ। पार्टीका संयोजक रवीन्द्र मिश्रले शुक्रबार फेसबुक मार्फत  र्याली स्थगित गरिएको सन्देश दिएका छन्।
राजधानी लगायत देशका विभिन्न स्थानमा बाढी पहिरो गई जनजीवन प्रभावित भएको र उद्धारमा जुट्नु पर्ने भएकाले र्याली स्थगित गरिएको हो।

Saftey Pads

यसअघि पार्टीले अरिगांलवाद, छौंडावाद, विषादी वाद र मास्कवाद विरुद्ध भन्दै सरकार विरुद्ध शनिवार माइतीघर मण्डलामा प्रदर्शनको आयोजना गरेको थियो।
संयोजक मिश्रले राजधानी लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोको कारण जनधनको क्षति र जनजीवन प्रभावित समेत भएको भन्दै र्याली स्थगित गरि प्रभावितहरूका लागि राहत र उद्धारमा जुट्न पार्टीका सदस्य तथा शुभचिन्तकहरू लाई  आह्वान गरेका छन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका
Maruti Cement