वर्षा वितण्डाः देशभर १७ को मृत्यु, ७ घाइते, ७ बेपत्ता

Prabhu Bank

काठमाडौं । बिहीबारदेखि परेको लगातारको वर्षाका कारण देशले केही देशवासी गुमाएको छ ।

Saftey Pads

देशका विभिन्न ठाउँहरूमा बाढी तथा पहिरोका कारण धेरै मरेका छन् भने कतिपय ठाउँहरूमा बगेका छन् । त्यसबाहेक अन्य भौतिक क्षति पनि भएका छन् । कत्ति ठाउँमा घरहरू भत्केका छन् त कत्ति ठाउँमा विभिन्न दैनिक उपभोग्य सामानहरू पुरिएका छन् ।

लगातारको वर्षापछि देशका अधिकांश नदीनाला तथा तलैयाहरूमा पानीको बहाव बढेको छ । अझै दुई दिनसम्म वर्षा अविच्छिन्न नै रहने हुँदा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले सुझाएका छन् ।

यो समाचार तयार पार्दासम्म देशभर १७ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । त्यसैगरि ७ जना जना घाइते र ७ बेपत्ता रहेको गृहमन्त्रालयको तथ्यांकले देखाएको छ ।

नामावलीसहित घटनाको किसिमः

उच्च सतर्कता अपनाउन सम्बन्धित निकायको आग्रहः

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँहरूमा अप्रिय घटनाहरू घटिरहँदा सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान शाखाले बाढीको यो विषम अवस्था अझै दुई दिनसम्म उस्तै रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

उसले आज विज्ञप्ति जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै नेशनल इमरजेञ्सी अपरेशन सेन्टर(एनइओसी)ले पनि उच्च सतर्कता अपनाउन सुझाएको छ ।

एनइओसीले सतर्कता अपनाउन बताउँदै सुरक्षाका उपायहरु सिकाएको छ ।

उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशनः

अविरल वर्षासँगैं आएको बाढी पहिरो तथा डुबानबाट पीडित सबैको उद्धार तथा सुरक्षामा जुट्न प्रधानमन्त्रीले सबै निकायलाई निर्देशन गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरूको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन गरेका हुन् ।

साथै उनले उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

Maruti Cement