त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

राति करिब साढे १ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको ४ ख १७९६ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा सहचालक २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी जवान प्रकाश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी चालक ४६ वर्षीय माधव थापामगर घाइते भएका र पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जवान श्रेष्ठले नेपाली पत्रिकालाई बताए ।

ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी