बाढीले अप्टिकल फाइबर बगायो, पूर्वका अधिकांश क्षेत्रमा एनटिसीको सेवा प्रभावित

Prabhu Bank

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या भएको छ।

Saftey Pads

महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको हो।

पूर्वका अधिकांश क्षेत्रमा टेलिफोन सेवामा समस्या आएको छ । समस्या समाधानका लागि प्रयास सुरु भइसकेको भए पनि अप्टिकल फाइबरको काम भएकाले समय लाग्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । तर वैकल्पिक उपायका लागि प्रयास भइरहेको उनले जानकारी दिइन् ।

अन्य सम्बन्धित समाचार:  लोक सेवा आयोगका सबै परीक्षा स्थगित
Maruti Cement