बाढीपहिरो वितण्डाः देशभर २६ जनाको मृत्यु, १५ बेपत्ता

Prabhu Bank

काठमाण्डौ । लगातार वर्षापछि आएको बाढी तथा पहिरामा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। भने १५ जना बेपत्ता भएका छन्।

Saftey Pads

पछिल्लो जानकारीअनुसार वर्षाको विपदमा परी खोटाङ, काठमाडौं, ललितपुर र काभ्रेमा ३/३, मकवानपुर, धादिङ, भोजपुरमा २/२, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १/१ जनाको मृत्यु भएको हो।

यसैगरी १५ जना बेपत्ता भएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

वर्षाबाट भएको जनधनको क्षति संकलनको क्रम जारी रहेको केन्द्रीय प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
Maruti Cement