अस्पतालबाटै नवजात शिशु चोर्ने महिला पक्राउ

Prabhu Bank

काठमाण्डौ । लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा शुक्रवार दिउँसो चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि शिशुसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुवैलाई पाल्पातर्फ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement